गृहजिल्ला झापामा ओलीको भव्य स्वागत (तस्बिरहरू) – Nepal Press

गृहजिल्ला झापामा ओलीको भव्य स्वागत (तस्बिरहरू)

झापा । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आएका छन् । काठमाडौंबाट यती एयरलाइन्सको जहाजमा भद्रपुर पुगेका उनलाई विमानस्थलमा नेता-कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

ओलीलाई एमाले नेता सुवास नेम्वाङसहित प्रदेश १ का नेता र स्थानीय कार्यकर्ताले स्वागत गरे । उनीसँगै लेखराज भट्ट, अनेरास्ववियू अध्यक्ष सुनिता बराललगायतका नेता कार्यकर्ता पनि झापा आएका छन् ।

यसअघि टीकाको अघिल्लो दिन शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन ओली झापा आएका थिए ।

यसपाली गृहनगर झापासहित उनी तीन दिन प्रदेश १ मा रहने भएका छन् । आजै १२ बजे बिर्तामोडमा माओवादी कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्नेछन् भने धुलाबारीमा कार्यकर्तालाई सम्बोधन गर्नेछन् ।

भोलि गौरादह नगरपालिका-५ महारानीझोडामा साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको उद्घाटन कार्यक्रम छ । भोलि नै गौरीगञ्ज बजारमा दसैँतिहार, छठको शुभकामना आदानप्रदान कार्यक्रमलाई उनले सम्बोधन गर्ने बताइएको छ ।

भूमिगत कालमा बिताएका सहकर्मीहरूसँग भेटघाट गरी पार्टी नेताहरूसँग छलफल गरेर ओली मंगलबार काठमाडौं फर्कने कार्यतालिका छ ।

 
 

  
 
 



 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *