अमेरिकाले नेपाललाई १ लाख डोजभन्दा बढी फाइजर खोप दिने – Nepal Press

अमेरिकाले नेपाललाई १ लाख डोजभन्दा बढी फाइजर खोप दिने

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाललाई एक लाख ६ सय २० डोज कोभिड-१९ विरुद्धको फाइजर खोप अनुदान दिने भएको छ । अमेरिकी दूतावासले ट्वीटमार्फत दिएको जानकारी अनुसार त्यो खोप भोलि सोमबार नेपाल आइपुग्नेसमेत जानकारी दिएको छ ।

अमेरिकाले यसअघि १५ लाखभन्दा धेरै जोनसोन एन्ड जोनसोन खोप पनि नेपालाई अनुदानमा दिएको थियो । त्यो खोप गत जुलाईमा नै नेपालमा आइपुगेर लगाइएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर