मोहन वैद्य राजावादी हुन सक्छन् ? – Nepal Press
नेपाल चिन्तन

मोहन वैद्य राजावादी हुन सक्छन् ?

मोहन वैद्यको मूल परिचय वर्ग संघर्षबाट उत्पीडित मुक्ति गर्ने उद्देश्यका साथ हिँडेका योद्धा हुन् । र उनलाई त्यसरी नै बुझ्नु पर्छ । तर, अहिले प्रश्न उठेको छ कि, उनी राजावादी त होइनन् ? उनी प्रतिगमन सहयोगी हुन् ?

यस्तै प्रश्न बीपी कोइरालाका विषयमा पनि सन् १९७६ मा भारतबाट नेपाल फर्कँदा उठेको थियो । ‘राष्ट्रियताको सवालमा मेरो घाँटी राजासँग जोडिएको छ’ भन्ने बीपीको भनाइले प्रश्न जन्माएको थियो । अहिले वैद्यको राजासंग सहकार्य गर्न सकिने भनाइले भने बीपीको जति छलफलको दायरा पाउन सकेको छैन ।

उनले पूरै जीवन वर्गसंघर्ष पक्षधरको क्षेत्रमा विताएका छन् । अझै त्यसैमा कटिबद्ध देखिन्छन् । त्यो प्रतिवद्धताबाट उनी डग्मगाउँदैनन् भन्ने पनि बुझिन्छ । तर, उनको एक अन्तर्वार्तामा राजाको सन्दर्भ छुनाले अहिले छलफल जागेको छ । साथै वर्गसंघर्षको कडीमा राजतन्त्रप्रतिको उनको धारणा कहाँनेर जोडिन्छ ? चासोको विषय बनेको छ ।

मोहन वैद्यको राजनैतिक पहिचान मोहन विक्रम सिंहसँगै जोडिएर अगाडि बढेको थियो । तर, माओ–विचारधारा र माओ–वादको तर्कबाट एउटै लक्षमा पुग्ने दुई अलग–अलग धार समाउँदै अघि बढ्ने गरी ती दुवैजना छुट्टिए ।

सिंह सुस्त गतिमा विचार जोगाउँदै हिँड्दै गर्दा वैद्यले उच्चशिक्षाको डिग्रीधारी बाबुराम भट्टराई र नेतृत्वकलाका पारखी प्रचण्डको साथ लिएर जनवादी क्रान्तिलाई सशस्त्र युद्धको वैचारिक नेतृत्व गरे । वैद्य र भट्टराईको विचारलाई मध्यस्थता गरेर नेतृत्व गरेका प्रचण्डको नेतृत्वलाई मोहन विक्रम सिंहले मध्यपन्थी भनेर अर्थ्याएका थिए ।

सिंहले झापामा वर्ग दुस्मनका टाउका गिंड्ने संघर्षदेखि प्रचण्ड नेतृत्वको सशस्त्र द्वन्द्वलाई ‘उग्रवामपन्थी भड्काव’ भन्न छाडेनन् । साथै, उग्रपन्थी भड्काउ अन्तत दक्षीणपन्थी भड्खालोमा जाकिन्छ भन्ने उक्तिलाई नेपालको क्रान्तिका घटनाक्रमले पुष्टि गरेको पनि छ । तर, ती संघर्षले हरेकपटक उत्पीडितलाई केही न केही उर्जा भने थपेकै हो । कुरा मात्रै गरेर बस्नुभन्दा थोरै–धेरै प्रयास गर्नुलाई उपलब्धीका रूपमा गणना गर्न पनि सकिन्छ ।

उत्पीडितको उत्थानका लागि वर्गसंघर्षको बाटो समाएका मोहनहरू दुवै जना सामन्तका सन्तान थिए । ती सामन्तको धन, मान, सुख, सुविधा त्यागेर उत्पीडनमा परेकाहरूको उत्थानमा समर्पित हुनु ठूलो त्याग थियो ।

तर, गणतन्त्र स्थापित भएर नयाँ संविधान लेखिएपछि पनि नेपाली जनताका उत्पीडन घट्नको सट्टा नयाँ सम्भ्रान्तहरू र जनताबीचको दूरी बढ्दै गएको छ । उत्पीडन थपिँदै गएको छ । गाँस, बास कपास जोड्न नै वैदेशिक रोजगारीमा जाँदा परिवारसंग विछोड बहन गर्नुपर्ने उत्पीडन अहिलेको मूल समस्या बनेको छ ।

उनको विचारमा सहमत भए पनि नभए पनि अहिलेसम्म उनको समर्पणलाई त्याग नै मान्नु पर्छ । उनले अपनाएको जीवनको सादापन तुलना गर्दा ब्राण्डेड घडी, स्वीमिङपुल र सुविधा भोगलाई उपहार पाएको बहानाबाजी गर्ने उनका सहकर्मीहरूसंग तुलना गर्न सकिँदैन । उपहारको बहानाबाजी गर्ने कार्य भ्रष्टाचारको रूपमा अर्थ्याउने चेतना उठ्न नसकेको नेपाली समाजलाई निरीह समाज भन्दा अतियुक्ति हुने छैन ।

अक्टोबर क्रान्तिपछि तिल्मिलाएको पश्चिमा पुँजीवादमा मार्क्सवादी वर्गसंघर्ष हावी हुँदै गएको सन्देशबीच वैद्यको वैचारिक जग बस्यो । भारतको इ.सं १९४७ को फिरङ्गी लखेट्ने स्वतन्त्रता संग्रमभन्दा बढी चीनको जनवादी क्रान्तिलाई आदर्श मान्ने वातावरणले उनको मस्तिष्क उद्वेलित भयो । माओत्सेतुङको नेतृत्वमा १९४९ मा भएको चीनको परिवर्तनबाट उत्साहित भएर राजनीतिमा सशरीर नै अर्पित भएका छन् उनी । नौलो जनवादी क्रान्ति उनको थेगो नै बन्यो ।

प्रमुख दुस्मन को ?

नेपालका कम्यूनिस्ट राजनीतिबीच वैचारिक धरातलको छलफल हुँदा सधैजसो प्रमुख दुस्मनका विषयमा गहन मदभेद हुने गरेका छन् । मोहन वैद्य भारतकै भूमिमा भएका दर्भङ्गा प्लेनम र गोरखपुर भेलादेखि नेपाली भूमिमा भएका चुनवाङ बैठकलगायतका वैचारिक विमर्शमा भारतीय विस्तारवाद नै हाम्रो प्रमुख दुस्मन हो भन्नेमा स्पष्ट धार बोक्दै हिँडेका योद्धा हुन् ।

कतिपयले धनी जमिन्दार नै प्रमुख दुस्मन हुन् भनेर टाउका गिँडेर वबर्गीय विभेद हटाउने जमर्को गरेका थिए । त्यो गुट अहिले केपी शर्मा ओलीको नेतृत्वमा ठूलै जबज जमात बनेको छ । अर्काथरिले सामन्तवादको नायक राजतन्त्र फालेपछि समाज अघि बढ्छ भन्ने विचार अगाडि सारे ।

पुराना सम्भ्रान्तहरूको त एकखालको नैतिकता र मानवता हुन्थ्यो । शोषण गरे पनि कम्तिमा चुरोट किन्न पठाएका नोकरसँग फुटकर फिर्ता त लिँदैन थिए । अहिलेका टुप्पाबाट पलाएका सम्भ्रान्तहरू त झन् लाजविहीन नै भएका छन्, त्यही फुटकर पनि फिर्ता लान्छन् र शोषण पनि गर्छन् ।

तर, गणतन्त्र स्थापित भएर नयाँ संविधान लेखिएपछि पनि नेपाली जनताका उत्पीडन घट्नको सट्टा नयाँ सम्भ्रान्तहरू र जनताबीचको दूरी बढ्दै गएको छ । उत्पीडन थपिँदै गएको छ । गाँस, बास कपास जोड्न नै वैदेशिक रोजगारीमा जाँदा परिवारसंग विछोड बहन गर्नुपर्ने उत्पीडन अहिलेको मूल समस्या बनेको छ ।

बाह्रबुँदे दिल्ली सम्झौता हुँदा जन्मिएका बच्चाहरू अहिले किशोर भैसकेका छन् । तर त्यसअघि संगै अँगेनाको वारि र पारि बसेर मकै र मोही खाने परिवारले मोबाइल फोनको सहाराले विदेश पुगेका सदस्यसंग पारिवारिक संबन्ध राख्न बाध्य छन् ।

परिवारसँग भेट हुन वर्षौ नै पर्खनु पर्छ । पारिवारिक विछोडको जीवनलाई सुखमय भन्न सकिँदैन । त्यहीं विछोड पनि केवल हातमुख जोर्नकै लागि सहनुपर्ने बाध्यता अहिलेका नयाँ सम्भ्रान्तहरूको योगदान हो ।

पुराना सम्भ्रान्तहरूको त एकखालको नैतिकता र मानवता हुन्थ्यो । शोषण गरे पनि कम्तिमा चुरोट किन्न पठाएका नोकरसँग फुटकर फिर्ता त लिँदैन थिए । अहिलेका टुप्पाबाट पलाएका सम्भ्रान्तहरू त झन् लाजविहीन नै भएका छन्, त्यही फुटकर पनि फिर्ता लान्छन् र शोषण पनि गर्छन् ।

अझ कमरेड भनेर शोषण गर्छन् । तर पनि परिवर्तन त परिवर्तन नै हो । मेरा गाउँका केटीहरू पनि स्कूल जान थालेका छन्, जो पञ्चायत कालसम्म थरूनी केटी स्कूल पढ्न जाने प्रचलन नै थिएन ।

उनी हुर्कँदै गर्दा हली–गोठाला, रैतिहरु उत्पीडित र जमिन्दार जिम्मल मुखियाहरु शोषक थिए । सामन्तहरूको बलमा राज्यसत्ता टिकेको थियो । धार्मिक नियममा उत्पीडितलाई भावीले लेखेको फलमा सन्तोष गर्न सिकाइएकोले अधिकार माग्दा पनि पाप लाग्ने आस्था बोकाइएको हुन्थ्यो ।

स्रोत साधनको कमी तथा रोग व्याधिका कारण औसत आयु कम हुन्थ्यो । साथै बालमृत्यूदर बढी भएको अवस्थामा सबैलाई शिक्षाको अवसर मिल्ने सम्भावना नै थिएन । सामन्तका सन्तानलाई मात्र शिक्षा प्राप्त गर्ने अवसर मिल्थ्यो । त्यसैले सामन्तका सन्तान भएकै काराण उनले आधारभूत शिक्षा हासिल गर्ने अवसर पाए ।

त्यो अध्ययनलाई स्वअध्ययनका रूपमा निरन्तरता दिए । शिक्षाले समाजमा भएको विभेद चिन्ने मार्ग प्रशस्त गर्यो । उत्तर र दक्षिणका छिमेकी राष्ट्रको राजनैतिक परिवर्तनको प्रभाव, वनारस पढ्न जाने नेपाली विध्यार्थीको माध्यमबाट नेपालमा पनि फैलिन थालेको थियो । त्यहीं अवसरले वर्ग विभेद हटाउने वर्ग संघर्षको ज्वारभाटासहितको विचार उनको मस्तिष्कमा स्थापित गरायो ।

नेपालका किसान, हली गोठालामाथि सामन्तहरूबाट भैरहेको उत्पीडन चीनको सामाजिक अवस्थासँग मिल्दोजुल्दो देखिन्थ्यो । चीनमा सफल भएको नौलो जनवादी क्रान्तिले नै समाज बदल्नसक्ने विश्वासमा उनको पनि राजनैतिक चिन्तन अघि बढ्यो ।

विश्वभर नै समाजवादी लहर चलेकोले कम्प्युनिष्ट विचारसँग असहमत हुनेहरू पनि प्रजातान्त्रिक समाजवादको सिद्धान्त भन्दै राजनीति गर्न थालेका थिए । यता, पञ्चायती व्यवस्थाले जसरी पनि सत्ता टिकाउने मनुवादी राजगुण, उत्तरको सहानुभूति र दक्षिण भारतलाई चीनसँगको झमेलाबाट बच्ने भूभागको भूमिका निभाउनमा तल्लीन थियो ।

राज्यको सीमानाले शोषणको जालो बुन्दछ भन्ने मान्दछन् । साम्राज्यवाद र विस्तारवादसम्बन्धी भूराजनीति वितेका दुई दशकमा धेरै बदलिएको छ । प्रविधिमा द्रुत विकास र पश्चिमा देशमा जनसंख्या कम भएका कारणले आप्रवासी थपिएर बदलिएको समाजको पहिचान जोगाउने राष्ट्रवाद (ट्रम्परूपी) उभारमा छ ।

सोभियत संघको पतन, चीनको उदार अर्थतन्त्र अंगालेको कम्युनिस्ट संरचनासंगै भारतमा पनि समाजवादी राजनैतिक भावना कमजोर पार्दै गएको अवस्थामा मोहन वैद्यको राजनीति नेपालमा माओवादी सशस्त्र द्वान्द्वका रूपमा चर्कन पुग्यो ।

तर, उनको भारतीय विस्तारवाद नेपालको प्रमुख दुस्मन हो भन्ने राजनैतिक ठम्याइ प्रचण्ड र बाबुरामको राजतन्त्र संरक्षित सामन्तवाद नै प्रमुख दुस्मन हो भन्ने गठजोडका अगाडि अल्पमतमा पर्‍याे । बहुमतको रायमा आफ्नो सैद्धान्तिक अडान कायम राख्दै एकजुट हुँदै क्रान्तिमा कटिबद्ध रहे, उनी ।

दरवार हत्याकाण्डले पनि सामन्तवाद र त्यसका नाइके नै नेपाली जनताका प्रमुख दुस्मन हुन् भन्नेहरूलाई बढी फाइदा पुर्यायो । शारीरिक रूपमा जेलबाट मुक्ति पाउने राजनैतिक परिवर्तन उनका लागि उपलब्धीमूलक नै रह्यो ।

तर वैचारिक धरातलमा भने नेपाली जनता र भारतीय विस्तारवाद नै प्रमुख दुस्मन मान्ने उनको राजनैतिक धारलाई हुत्याउने पक्ष सत्ताको लुछाचुँडीमा जनताको उत्पीडनको पुरानो वर्ग फालेर त्यसै ठाउँमा आफूहरूले नै भूमिका खेल्न थाले ।

मोहन वैद्यको राजाप्रतिको दृष्टिकोण राष्ट्रवादसँग सम्बन्धित छ । समग्रमा कम्युनिस्टहरू अन्तर्राष्ट्रवाद तथा सीमाविहीन पक्षधर भए पनि साम्राज्यवाद र विस्तारवादले गर्ने शोषणबाट मुक्ति खोज्ने क्रममा राष्ट्रवादको पनि वकालत गर्दछन् ।

उनी राज्यको सीमानाले शोषणको जालो बुन्दछ भन्ने मान्दछन् । साम्राज्यवाद र विस्तारवादसम्बन्धी भूराजनीति वितेका दुई दशकमा धेरै बदलिएको छ । प्रविधिमा द्रुत विकास र पश्चिमा देशमा जनसंख्या कम भएका कारणले आप्रवासी थपिएर बदलिएको समाजको पहिचान जोगाउने राष्ट्रवाद (ट्रम्परूपी) उभारमा छ ।

राज्य सीमानाको व्यवहार फेरिएको छ । बदलिएको नयाँ समाजमा राज्यका सिमानाहरू फितलो हुँदै गएका छन् । इन्टरनेट र साइबरको सुविधाले राज्यको सिमानामा असर नपर्ने गतिविधिहरू बढ्दै जानु, राष्ट्रवादसम्बन्धी परम्परागत मान्यता बदलिँदै जानु पनि हो ।

प्रविधिले श्रमजिबीको रोजगारी खोसिदिने क्रम झन्पछि झन् तीव्र हुँदै गएको छ । बेलायतको केन्टका कृषि फाँटमा रोबर्टहरू सर्वेसर्वा भएर काम गर्न थालेका छन् । अहिले ती रोबोर्टहरू महँगा भएपनि परीक्षणपश्चात गरिने व्यापारिक उत्पादन (मास प्रोडक्सन)पछि मानिसका काम धेरै खोसिने छन् ।

एमाजोनका भण्डारमा रोबर्टले गरेको काम मानिसले गर्नेभन्दा सस्तो परिसकेको छ । अहिलेको भूमण्डलीकरणको परिवेशमा गरिब देशका मान्छेले धनी देशमा रोजगारी पाइरहने क्रममा रोबोर्ट र स्वचालित कारहरूले आप्रवासन घटायो भने गरिब देशमा रोजगारीको खडेरी पर्ने अवस्था सिर्जना हुन सक्छ ।

परम्परागत खेती कार्य छाडेर अरबमा रोजगारी पाएका नेपालीहरू स्वदेशमा फर्कन पर्‍याे भने न त परम्परागत खेतीले रोजगारी चल्ने अवस्था छ न त विश्व बजारमा प्रतिस्पर्धामा खरो उत्रनसक्ने कुनै अरू उत्पादन गर्ने क्षमता विकास हुने अवस्था नै देखिन्छ ।

विश्वभर मेसिनले काम गरिदिनाले विदेशी कामदार नचाहिने अवस्था भयो भने साम्राज्यवादले स्वरूप बदलेर आफ्नो अस्तित्व जोगाउन सक्छ । यदि प्रविधिले मानव खपत कम गर्न सकेन र विदेशी कामदारहरू सीमापारी गएर सेवा गर्ने संख्या बढ्दै गयो भने राज्यका सीमानाको अस्तित्व प्रभावहीन हुँदै जाने छ ।

विगतमा डोजर जस्ता यन्त्रले रोजगारी खोसेर श्रम बजारमा समस्या परेन । ती यन्त्र प्रचलनमा आउँदा सञ्चालन गर्ने रोजगारी सिर्जना भएका थिए । तर, रोबर्ट तथा स्वचालित यन्त्र तथा साइबर प्रविधिको प्रचलन त्योभन्दा फरक छ ।

एनालग यन्त्र मानिसले सञ्चालन गर्नपर्ने हुनाले रोजगारीको स्वरूप परिवर्तन भएको थियो । आर्टिफिसियल इन्टलिजेन्स तथा डीप लर्निङको प्रविधिले स्वयं यन्त्रले स्वचालन मात्र होइन, यान्त्रिक गडबडी हुँदा मर्मत केन्द्र पुगेर आफ्नो सामान आफैं मर्मत गर्न थाल्नेछन् । फाइभ जेनेरेशनको इन्टरनेट प्रविधि प्रचलनमा हुँदै गर्दा झन् उन्नत प्रविधिले छिटै नै चालकविहीन कार र यन्त्रहरूले जागिर खोस्ने अवस्था उन्नाइसौं सताब्दीको प्रविधि विकासभन्दा धेरै अर्थमा फरक छ ।

यो प्रविधिले राष्ट्रिय सिमाना परिधिको मान्यता बदल्ने र मान्छेको राष्ट्रवादी धारणामा पनि परिवर्तन गर्ने पक्कापक्की नै छ । अहिले धनी र सम्पन्नहरूले जुन देशको सिमाना नाघ्न पनि भिषा पाउने गर्छन् । सिमानाले उनीहरूलाई छेक्दैन तर श्रमिकहरूलाइ मात्र त्यो सिमानाले महँगोमा श्रम बिक्ने ठाउँमा पुगेर आफ्नो श्रम बेच्न रोक्छ ।

अबको नयाँ प्रविधिले विश्व बजारमा दख्खल दिएपछि परम्परागत उग्र राष्ट्रवादी भावना हराउने छ । त्यसैले पनि मोहन वैद्यको राष्ट्रवादका लागि राजासँगको सहकार्य समयसापेक्ष देखिँदैन । बीपीका समयको राष्ट्रवादमा राजाहरूलाई देशप्रेमी हुनुपर्ने वाध्यता थियो । त्यसबाट साम्राज्यवाद र उपनिवेशको उत्पीडनबाट राहत खोज्ने उपाय विकल्प हुन्थ्यो । तर, अब परिस्थिति बदलिएकोले त्यस्तो राष्ट्रवादको भावना समय सापेक्ष हुँदैन र अग्रगमनकारी हुन सक्दैन ।

विश्वभर मेसिनले काम गरिदिनाले विदेशी कामदार नचाहिने अवस्था भयो भने साम्राज्यवादले स्वरूप बदलेर आफ्नो अस्तित्व जोगाउन सक्छ । यदि प्रविधिले मानव खपत कम गर्न सकेन र विदेशी कामदारहरू सीमापारी गएर सेवा गर्ने संख्या बढ्दै गयो भने राज्यका सीमानाको अस्तित्व प्रभावहीन हुँदै जाने छ ।

धनी देशमा वृद्धवृद्धाको संख्या अतिधेरै र उनीहरूको सेवा गर्ने युवा कम भएको अवस्थालाई प्रविधिले पूरै समाधान दिन सक्छ भनेर किटानी गर्न सकिँदैन । त्यस अवस्थाले पनि राष्ट्रवादको पुरानो मान्यता बदलिने पक्कापक्की नै छ । अमेरिका तथा बेलायतका मन्त्रिमण्डलमा भारतीय मूलका व्यक्तिको संख्या र पहुँच बढ्दै गएको विषयले पनि यी तथ्यलाई पुष्टि गरिरहेको मान्न सकिन्छ ।

त्यसरी प्रभावहीन हुने राज्यको सिमानाको अवधारणाबीच मोहन वैद्यको राष्ट्रवादका लागि पुरानो राजतन्त्रसँग सहकार्य गर्ने योजनाको कुनै अर्थ हुँदैन । त्यस्तो सहकार्यबाट श्रमजिवीलाई हित हुने सम्भावना रहँदैन ।

राष्ट्रवाद निस्तेज हुँदै गइरहेको विश्वपरिवेशमा अब उग्रराष्ट्रवादको विरोधअ अनि धनी र गरिबबीचको दूरी कम गर्ने कार्ययोजना अघि सारेको खणडमा मात्र वर्गसंघर्ष सार्थक हुनसक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *