तिहारपछि सरकारको स्पीड बढ्छ: मन्त्री श्रेष्ठ – Nepal Press

तिहारपछि सरकारको स्पीड बढ्छ: मन्त्री श्रेष्ठ

रुपन्देही । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान‍‍’ले तिहारपछि सरकारले गरेको कामको स्पीड देखिने बताएका छन् । मन्त्रिपरिषद् विस्तारलगत्तै चाडपर्वहरु भित्रिसकेकाले सरकारले कामको स्पीड तिहारपछि मात्र बढाउने उनले बताए ।

बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले तिहारपछि देखिने गरी काम गर्ने र जनताले समेत सरकार भएको महशुस गर्ने दावी गरे । उनले वैदेशिक रोजगारलाई कसरी सुरक्षित बनाउने भन्ने विषयमा आफू गम्भीर रहेको बताए ।

मन्त्री श्रेष्ठले सिंगो कार्यकालमा के गर्ने भन्नेमा कार्य योजना बनाएको भन्दै बिदेश जानुपर्ने बाध्यता अहिले पनि रहेकाले श्रमको उचित मूल्यसंगै वैदेशिक रोजगारलाई सुरक्षित बनाउन आफू लाग्ने बताएका छन् ।

नेकपा एकीकृत समाजबादीका नेतासमेत रहेका श्रेष्ठले श्रमिकहरुलाई खोपको प्रबन्ध छिटो हुने समेत दावी गरे ।

श्रम कार्यालयको छड्के

मन्त्री श्रेष्ठले श्रम कार्यालय बुटवलको छड्के निरीक्षण गरेका छन् । मन्त्री नियुक्त भएपछि पहिलो पटक बुटवलका आएका मन्त्री श्रेष्ठले बुटवलको रामनगरमा रहेको श्रम कार्यालयमा बुधबार छड्के निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले सेवाग्राहीलाई सर्वसुलभ सेवा दिने कुरा रहेको भएपनि ठगिन हुँदैन भन्ने कुरामा आफू दृण रहेको उनको भनाइ थियो ।

निरीक्षणका क्रममा मन्त्री श्रेष्ठलाई सेवाग्राहीहरुले दिनमा ५० देखि ६० वटाको मात्रै एक्सीस हुँदा अनलाइन फर्म भरेर हप्ता दिनसम्म कुर्नुपरेको भन्दै तत्काल समस्या समाधन गरिदिन आग्रह गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर