माओवादी स्थायी कमिटीमा विषय प्रवेश, भोलि फेरि बस्ने (भिडिओ) – Nepal Press

माओवादी स्थायी कमिटीमा विषय प्रवेश, भोलि फेरि बस्ने (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठकमा पार्टीको राष्ट्रिय सम्मेलनको बारेमा छलफल भएको छ । सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा पार्टीको राष्ट्रिय सम्मेलन केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नविकरण, विभागहरु गठनको विषयका बारेमा छलफल भएको हो ।

बैठकपछि माओवादी प्रवक्ता कृष्णबहादुर महराले स्थायी कमिटीको बैठकमा पार्टीका बारेमा विभिन्न कुराहरु उठेको तर निस्कर्षमा नपुगिएको बताए । उनले स्थायी कमिटीमा उठेका कुराहरुलाई छलफलपछि मात्रै निस्कर्षमा लैजाने बताए ।

प्रवक्ता महराले भने, ‘आज नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटीको बैठक शुरु भयो, आज खास गरेर आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नविकरण, विभागहरु गठनको विषय प्रवेश गरेको छ, विषय निस्कर्षमा पुगेको छैन, भोलि बिहान ८ बजे फेरि स्थायी कमिटीको बैठक बस्छ र भोलि निर्णय हुन्छ, एजेण्डा प्रवेश भएको छ, छलफल शुरु भएको छ, भोलि मात्रै निर्णय हुन्छ ।’

स्थायी कमिटीको बैठक मंगलबार बिहान ८ पुनः बस्नेछ । मंगलबारको बैठकपछि छलफल भएका एजेण्डामा निर्णय लिइने महराले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर