पाकिस्तानको आणविक हतियार ‘पिता’ खानको निधन


काठमाडौं । पाकिस्तानका आणविक हतियारका पिता भनेर परिचित डाक्टर अब्दुल कादिर खानको ८५ वर्षको उमेरमा निधन भएको छ । कोभिड–१९ संक्रमणका कारण उनको निधन भएको बीबीसीले उल्लेख गरेको छ ।
सन १९९८ मा पाकिस्तानले गरेको प्रथम आणविक हतियारको परिक्षणमा खानको ठुलो योगदान छ । भारतले सन १९७४ मै पहिलो आणविक हतियार परिक्षण गरेपछि भारतको कट्टर दुस्मन पाकिस्तानमा खानको योगदान रास्ट्रिय इज्जतकै रुपमा लिइने गरिन्छ ।
उनले लुकिछिपि इरानदेखि उत्तर कोरिया पुगेर आणविक हतियार बारेमा जानकारी लिएको बताइन्छ । खानकै कारण पाकिस्तान आणविक हतियार भएको एक्लो मुस्लिम रास्ट्रसमेत भएको छ ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले खानको पाकिस्तानको ‘आइकन’ भएको भन्दै पाकिस्तानलाई आणविक हतियारसम्पन्न देश बनाउन उनको गम्भिर योगदान भएको बताएका छन ।
उत्तर कोरिया लगायतका देशबाट आणविक हतियार बनाउने तरिका सिकेका बताइएका खानले पछि पाकिस्तानको सफलतापछि आफ्नो प्रणाली उत्तर कोरिया, इरान देखी लिबियासम्म फैलाइएको आरोप छ ।
त्यहि आरोपमा उनलाइ सन २००४ मा पक्राउ समेत गरिएको थियो । उनलाई पाकिस्तानका रास्ट्रपति परवेज मुसरफले रिसाइ गरेका थिए ।