रामकुमारी झाँक्रीलाई कमेडी च्याम्पियन हिमेश पन्तको सुझाव : काम गर्ने दिन आए, गरेर देखाउनूस – Nepal Press

रामकुमारी झाँक्रीलाई कमेडी च्याम्पियन हिमेश पन्तको सुझाव : काम गर्ने दिन आए, गरेर देखाउनूस

काठमाडौं । नेकपा एसकी युवा नेतृ रामकुमारी झाँक्री सहरी विकासमन्त्रीमा नियुक्त भएकी छन् । उनी मन्त्री भएसँगै सामाजिक सञ्जालमा निकै चर्चा चलेको छ । कसैले झाँक्रीलाई बधाई दिएका छन् कसैले सुझाव दिएका छन् ।

टीकटकमा समेत सक्रिय मानिने नेतृ झाँक्री मन्त्री भएपछि फेसबुक र टीकटक दुबैमा चर्चा चलेको छ । उनै झाँक्री हुन् जसले तत्कालिन नेकपामा रहँदा मुखमा पट्टी बाँधेर बोल्न पाइने भन्दै आन्दोलनमा भाषण दिएकी थिइन् । विद्यार्थी नेतृ हुँदा सडक आन्दोलनमा समेत चर्चित नेतृ पहिलोपटक मन्त्रीमा नियुक्त भएकी हुन् ।

यस्तोमा सामाजिक संजालमा झाँक्रीलाई अब बोल्नेभन्दा काम गरेर देखाउन चुनौतिसहितका सुझाव आएका छन् । टेलिभिजन रियालिटी सो कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तले झाँक्रीलाई यस्तै सुझाव दिएका छन् । फेसबुकमार्फत उनले झाँक्रीलाई बधाइ पनि दिएका छन् ।

पन्तले लेखेका छन्, ‘मुखमा पट्टी बाँधेर बोल्न पाइन्छ भन्ने दिन गए, काम गर्ने दिन आए, गरेर देखाउनु होला। युवा नेतृ भएकै कारण हाम्रो नजर तपाईं माथि रहिरहन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर