काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडादर बढ्यो (सूचीसहित) – Nepal Press

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडादर बढ्यो (सूचीसहित)

काठमाडौं । बागमती प्रदेश सरकारले  प्रदेशभर लागू हुनेगरी सार्वजनिक यातायातको भाडादर बढाएको छ । प्रदेशभित्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक सवारी साधन (उपत्यका बाहेक)को हकमा २३ प्रतिशतले भाडा बढाएको हो । यातायात व्यवसायीको आन्दोलनपछि भाडा बढेको हो ।

यसैगरी काठमाडौं उपत्यकामा चल्ने यातायातका साधनमा पनि भाडा बढेको छ । जसअनुसार ५ किलोमिटर दुरीसम्मको भाडा १८ रुपैयाँ कायम गरिएको छ भने १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटरसम्म ३० रुपैयाँ र २० किलोमिटर भन्दा बढी भएमा ३५ रुपैयाँ कायम गरिएको बागमती प्रदेश यातायात मन्त्रालयले जनाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर