राष्ट्रियसभा अध्यक्षद्वारा सांसद देवकोटाको नियमापत्ति खारेज (भिडिओ) – Nepal Press

राष्ट्रियसभा अध्यक्षद्वारा सांसद देवकोटाको नियमापत्ति खारेज (भिडिओ)

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले स्वतन्त्र सांसद खिमलाल देवकोटाको नियमापत्ति खारेज गरेका छन् ।

राष्ट्रियसभाको सोमबारको बैठक शुरु भएलगत्तै एमाले सांसदहरूले पार्टीले कारवाही गरेका सांसदलाई जोगाएर सभामुख र निर्वाचन आयोगले एमाले विभाजनमा मतियारको भूमिका निर्वाह गरेको भन्दै आपत्ति जनाएका थिए ।

एमालेले संसद अधिवेशन सुरू भएदेखि नै सदन अवरोध जारी राखेको छ । बैठकमा नेकपा एसनिकट सांसद देवकोटाले अदालतमा विचाराधीन मुद्दामा संसदभित्र छलफल हुन नसक्ने भन्दै एमालेले गरेको हर्कत निन्दनीय रहेको बताए ।

उनले एमालेका सांसदहरूलाई सदनमा अदालतमा विचाराधीन विषयमा बोल्न दिइएको भन्दै नियमापत्ति गरेकोमा अध्यक्ष तिमल्सिनाले अदालतमा विचाराधीन विषय राष्ट्रियसभामा छलफलको विषय नबनेको भन्दै देवकोटाको नियमापत्ति खारेज गरेको रुलिङ गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर