बझाङ कांग्रेसका निर्वाचन अधिकृत भन्छन्- म भागेको होइन, अपहरण गरेर असफल बनाइयो – Nepal Press

बझाङ कांग्रेसका निर्वाचन अधिकृत भन्छन्- म भागेको होइन, अपहरण गरेर असफल बनाइयो

बझाङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बझाङका लागि खटिएका निर्वाचन अधिकृत चेतराज भट्टले आफूलाई अपहरण गरेर निर्वाचन रोकिएको बताएका छन् ।

मतदाता नामावली प्रकाशनपछि निर्वाचन नगराइ भट्ट सम्पर्कविहीन भएको बताइएको थियो । आफू सम्पर्कविहीन नभएको भन्दै भट्टले मतदानस्थल खोज्न जाने क्रममा अपहरण गरिएको बताए । ‘म भागेको होइन । निर्वाचनको अन्तिम नामावली प्रकाशन हुँदासम्म मतदानस्थलको टुंगो थिएन । म आफैं मतदानस्थल खोज्न गएको छु । राति एघार बजे मलाई अपहरण गरियो, मोबाइल खोसियो र भनेबमोजिम नगरे मार्ने धम्की दिइयो’, भट्टले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

उनले निर्वाचन बिथोल्ने षड्यन्त्रका मतियारहरूले आफूलाई अमानवीय व्यवहार गरेर असफल बनाएको दावी गरेका छन् ।
त्यस्तै उम्मेदवारी दर्ता वापतको शुल्क आफुसंग नरहेको पनि भट्टले स्पष्ट पारेका छन् ।

‘मैले एक रूपैयाँ पनि लिएको छैन । तपाईंहरूले पैसाको खटन-पटन र जिम्मा दिएका व्यक्तिहरू तपाईकै जिल्लाका र तपाईहरूसँगै छन् । उहाँहरूसँग हिसाब माग्नुहोला’, भट्टले भनेका छन् । उनले आफूलाई मिथ्या आरोप लगाइएकोमा खण्डन गर्दै मतदाता नामावली प्रकाशनको प्रक्रियासम्म सहयोग गर्नेलाई धन्यवाद ज्ञापनसमेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर