पोल भाडा वृद्धिबारे विद्युत प्राधिकरणको आजकै बैठकमा छलफल गर्ने ऊर्जामन्त्री भुसालको आश्वासन(भिडिओ) – Nepal Press

पोल भाडा वृद्धिबारे विद्युत प्राधिकरणको आजकै बैठकमा छलफल गर्ने ऊर्जामन्त्री भुसालको आश्वासन(भिडिओ)

काठमाडौं । ऊर्जामन्त्री पम्फा भुसालले केवल टेलिभिजन व्यसायीको समस्या समाधान गर्न सरकार तयार रहेको बताएकी छन् ।

नेपाल केवल टेलिभिजन व्यवसायी महासंघको विशेष राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले विद्युत प्राधिकरणको आजै बस्ने बोर्ड बैठकमा पोल भाडा वृद्धिको विषयमा छलफल गर्ने आश्वासन समेत दिइन् ।

भुसालले भेलामा भनिन्, ‘आजै प्राधिकरणको बोर्ड बैठक मेरै अध्यक्षतामा हुँदैछ । पोल भाडा बढाइएको विषयमा मैले कुरा बुझ्छु । आवश्यक परेमा समस्या समाधानका लागि तपाईंहरूसहितको कार्यदल बनाइनेछ । व्यवसायीलाई मारमा पर्न दिइन्न ।’

मन्त्री भुसालले यसै साताभित्र संचारमन्त्री पनि आउने र व्यवसायीका समस्या समाधान संवादबाट गर्ने बताइन् । पोलको साटो अब विस्तारै भूमिगत तार प्रविधिमा विद्युत प्राधिकरण जान लागेको भन्दै व्यवसायीहरूलाई पनि पोलको विकल्पबारे छलफल गर्न उनले आग्रह गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर