बलिउडमा सन् २०२३ सम्मकै लाइनअप तयार : एकैदिन १४ फिल्मले गरे रिलिज डेट घोषणा (सूचीसहित) – Nepal Press

बलिउडमा सन् २०२३ सम्मकै लाइनअप तयार : एकैदिन १४ फिल्मले गरे रिलिज डेट घोषणा (सूचीसहित)

मुम्बइ । कात्तिक ६ गतेदेखि भारतको आर्थिक राजधानी मुम्बइस्थित फिल्म हलहरु खुल्ने भएपछि एकैदिन १४ भन्दा बढी बलिउड फिल्मले प्रदर्शन मिति घोषणा गरेका छन् ।

घरेलु फिल्मलाई चलायमान बनाउन संघर्ष गरिरहेको नेपाली फिल्मलाई बलिउडको यो खबरले उत्साह प्रदान गरेको छ । जसअनुसार असोज २१ गतेदेखि नेपाली फिल्म हलहरु खुल्ने तयारीमा छन् ।

नेपालमा असोज २१ गते हलिउड फिल्म फास्ट एन्ड फ्युरिस ९ रिलिज तयारी छ । नेपाली फिल्महरु असोज २६ गतेदेखि प्रदर्शन हुनेछन् । तीन महीनाभित्र प्रदर्शन हुने फिल्मले असोज २० गते भित्र रिलिज डेट घोषणा गर्नुपर्नेछ ।

बलिउडमा एकैदिन सन् २०२१, २०२२ र २०२३ को रिलिज लाइनअप घोषणा भएको छ । बलिउड व्यापार समीक्षक तरण आदर्शका अनुसार सन् २०२३ सम्मै प्रदर्शन मिति घोषण भएको छ । हेर्नूस रिलिज क्यालेन्डर :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर