तस्बिरमा हेर्नुस् विधान मस्यौदामा छलफल गर्न च्यासल पुगेका एमाले नेताहरू – Nepal Press

तस्बिरमा हेर्नुस् विधान मस्यौदामा छलफल गर्न च्यासल पुगेका एमाले नेताहरू

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिठी बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठान भवन च्यासलमा हुने बैठक भोलिसम्म चल्नेछ ।

बैठकमा सहभागी हुन नेताहरू बैठकस्थल पुगिसकेका छन् ।

बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । सम्भवतः यही वैठकले यी सबै विषयहरू पारित गर्नेछ ।

अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।

नेकपा एमालेको विधान महाधिवेशन यही असोज १५ देखि १७ सम्म काठमाडौंमा आयोजना हुँदैछ ।



 
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर