सगरमाथा बेसक्याम्‍पमा आज फेसन सो : इटाली र डच राजकुमारीसहित संसारका १४ सुपरमोडल सहभागी – Nepal Press

सगरमाथा बेसक्याम्‍पमा आज फेसन सो : इटाली र डच राजकुमारीसहित संसारका १४ सुपरमोडल सहभागी

काठमाडौं । नेपाललाई दिगो फेसनको राजधानी बनाउने उद्देश्यले आज सगरमाथा आधार शिविरमा फेसन सो प्रतिस्पर्धा आयोजना हुँदैछ । संसारकै उच्चस्थानमा आयोजना गरिने फेसन सोको रुपमा केही वर्षअघि कीर्तिमान राखेको फेसन सोको दोस्रो संस्करण आयोजना हुन लागेको हो ।

आज हुने फेसन सोमा नेदरल्यान्डकी राजकुमारी एलिसा क्याटेरिना इगर र इटालीका राजकुमार सहभागी भएका छन् । हुने भएका छन्। फेसन सोको उद्देश्य हिमालको संरक्षण गर्ने विषयमा तथा जैविक संरक्षण गर्न विश्‍वको ध्यानाकर्षण गर्नु रहेको जनाइएको छ ।

फेसन शोमा विश्‍वका चर्चित १४ जना सुपरमोडलले भाग लिने भएका छन् । इटाली, डेनमार्क, बेलायत, पोल्यान्ड, रसिया, नेदरल्यान्ड, नेपाल र फिनल्यान्डका सुपर मोडलहरु सहभागि भएका छन् । सोही फेसन शोमा क्याप्टेन विजय लामाले र्‍याम्प वाक गर्ने भएका छन्।

कोभिड-१९ महामारीले पर्यटन क्षेत्रमा परेको असरलाई फेसन सोले पर्यटक आगमनमा थप प्रोत्साहन गर्ने आयोजकले विश्‍वास गरेको छ। नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा हुन लागेको कार्यक्रम कासा बुटिक डिजाइन, आरबी डायमन्ड र के फिल्मसले आयोजना गर्न लागेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर