दुल्लीकुनादेखि लालिबगर सडकखण्ड र लैफु बद्रीगाउँदेखि हुक्काखोला सडकखण्डको ट्रयाक सेनाले निर्माण गर्ने – Nepal Press

दुल्लीकुनादेखि लालिबगर सडकखण्ड र लैफु बद्रीगाउँदेखि हुक्काखोला सडकखण्डको ट्रयाक सेनाले निर्माण गर्ने

काठमाडौं । कर्णाली करिडोर अन्तरगत सल्लिसल्ला सिमिकोट खण्डको दुल्लीकुनादेखि लालिबगर सडक खण्ड र लैफु बद्रीगाउँदेखि हुक्का खोलासम्मको साढे २० किलोमिटर सडक खण्डकको ट्रयाक निर्माण कार्य नेपाली सेनाले गर्ने भएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।

उनले भने, ‘कर्णाली करिडोर अन्तरगत सल्लिसल्ला सिमिकोट खण्डको दुल्लीकुनादेखि लालिबगर सडकखण्डको ७ किलोमिटर र लैफु बद्रीगाउँदेखि हुक्का खोलासम्म १३.५ किलोमिटर सडकखण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनाबाट गराउन स्वीकृत प्रदान गर्ने निर्णय भएको छ ।’ 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अन्य विभिन्न निर्णय पनि गरेको जनाइएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर