विनियोजन विधेयक राष्ट्रियसभा टेबल, दोस्रो बैठकले अघि बढाउने – Nepal Press

विनियोजन विधेयक राष्ट्रियसभा टेबल, दोस्रो बैठकले अघि बढाउने

काठमाडौं । प्रतिनिधिसभामा पारित विनियोजन विधेयक २०७८ राष्ट्रियसभामा पनि टेबल भएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेनाले राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँललाई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक सभामा टेबल गर्न अनुमित दिए । लगत्तै मंगलबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

अर्को बैठक शुरू भएपछि विनियोजन विधेयक अघि बढाइने छ । विधेयक राष्ट्रियसभाबाट पनि पारित भएपछि सरकारलाई खर्च गर्ने बाटो खुल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर