काठमाडौंका १ सय ३८ वडामा असोज ५ गते कांग्रेस अधिवेशन – Nepal Press

काठमाडौंका १ सय ३८ वडामा असोज ५ गते कांग्रेस अधिवेशन

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले वडा अधिवेशनको तयारी थालेको छ । केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता सूची वेबसाटमार्फत सार्वजनिक गरेसंगै काठमाडौं कांग्रेस अधिवेशनको तयारीमा जुटेको हो ।

काठमाडौं कांग्रेस अन्तर्गत सबै १ सय ३८ वटै वडामा असोज ५ गते वडा अधिवेशन हुनेछ । काठमाडौं कांग्रेसका सभापति कृष्ण सबुज बानियाँले निर्वाचन अधिकृतहरूसँग आज छलफल गरेर अधिवेशन तयारी थालिएको जानकारी दिए । काठमाडौंका सबै वडामा शनिबारसम्म निर्वाचन अधिकृत खटिने गरी तयारी गरिएको बानियाँले बताए ।

काठमाडौंमा १ महानगर र ११ वटा नगरपालिकाका १ सय ३८ वडा कार्यसमिति निर्वाचित हुनेछन् । १० क्षेत्र रहेको काठमाडौंबाट कांग्रेस महाधिवेशनमा २ सय ५० जना महाधिवेशन प्रतिनिधि छानिने छन् ।

महाधिवेशन प्रतिनिधिका लागि क्षेत्रीय अधिवेशन भने असोज १५ गते हुने निर्वाचन कार्यतालिका रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर