दुई दिनमा २ हजारभन्दा बढीले घट्यो सुनको भाउ – Nepal Press

दुई दिनमा २ हजारभन्दा बढीले घट्यो सुनको भाउ

काठमाडौं । आज सुनको मूल्य तोलामा १४ सय रूपैयाँको गिरावट आएको छ । हिजो पनि सुनको भाउ प्रतितोला ७ सय घटेको थियो ।

आज छापावाल सुन प्रतितोला ८९ हजार १ सय निर्धारण गरिएको छ । हिजो ९० हजार ५ सय थियो । तेजावी सुन प्रतितोला ८८ हजार ६५० मा कारोबार भइरहेको छ ।

यसैगरी चाँदी ३० रूपैयाँले घट्दै प्रतितोला १ हजार १७० रूपैयाँ निर्धारण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर