पिएनजीविरुद्ध नेपाल: १० रन नपुग्दै दुवै ओपनर पेभेलियन फिर्ता – Nepal Press

पिएनजीविरुद्ध नेपाल: १० रन नपुग्दै दुवै ओपनर पेभेलियन फिर्ता

काठमाडौं । पपुवा न्युगिनीविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपालले १० रन नजोड्दै दुवै ओपनरलाई गुमाएको छ ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा ब्याटिङ रोजेको नेपालका ओपनर आशिफ शेख ६ बलमा तीन तथा कुशल भुर्तेल १० बलमा तीन रन बनाएर पेभेलियन फर्केका छन् ।

आशिफ तेस्रो ओभरको पहिलो बलमा पिएनजीका कौना भागीको बलम सेसे बाउको हातबाट क्याच आउट भएका थिए । त्यसको केही बेरमै अर्का ओपनर कुशल भुर्तेल नोर्मन भानुवाको बलमा विकेटकिपर किप्लिन डोरिगाको हातबाट क्याच आउट भए ।

अहिले नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेल क्रिजमा छन् । ५ ज्ञानेन्द्रले १३ बलमा ५ रन जोड्दा रोहितले खाता खोलेका छैनन् ।

अमेरिका र ओमानसँगको त्रिदेशीय एकदिवसीय शृंखलाका लागि ओमान पुगेको नेपालले पिएनजीसँग तयारी स्वरुप दुई एकदिवसीय खेलेको हो ।

शृंखला १३ सेप्टेम्बरदेखि सुरु हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर