विश्व नम्बर तीन सित्सिपस युए ओपनबाट बाहिरिए, १८ वर्षीय अल्कारजसँग पराजित – Nepal Press

विश्व नम्बर तीन सित्सिपस युए ओपनबाट बाहिरिए, १८ वर्षीय अल्कारजसँग पराजित

काठमाडौं । स्पेनिस युवा खेलाडी कार्लोस अल्कारजसँग ४ घण्टा लामो ब्याटलमा पराजित हुँदै उरुग्वेयन खेलाडी स्टेफानो सित्सिपस युएस ओपन टेनिसको तेस्रो चरणबाट बाहिरिएका छन् ।

शनिबार बिहान न्युयोर्कमा भएको खेलमा विश्व बरियताको शीर्ष ३०० भन्दा बाहिर रहेका अल्कारजले सित्सिपसलाई ६-३, ४-६, ७-६, ०-६, ७-५ सेटको नतिजामा पराजित गरे ।

‘दर्शक बिना मैले यो खेल जित्न सम्भव थिएन,’ अल्कारजले भने, ‘यो मेरा लागि अविश्वसनीय अनुभव हो ।’

विश्व नम्बर तीनलाई पराजित गर्दै अन्तिम-१६ मा पुगेका अल्कारज सन् १९८९ मा माइकल चाङ र पेटे साम्परसपछि युएस ओपनको प्रि-क्वार्टरफाइनलमा पुग्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् ।

अल्कारजले क्वार्टरफाइनल प्रवेशका लागि जर्मनीका पिटर गोजोज्याकसँग खेल्ने छन् । गोजोज्याक स्वीस खेलाडी हेनरी लाकसोनेनलाई ६-१, ३-६, १-६, ४-६ को नतिजामा पराजित गर्दै प्रि-क्वार्टरफाइनलमा पुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर