चार पूर्वप्रधानन्यायाधीशको ‘सडक इजलास’बारे पनि सर्वोच्चले फैसला दिने – Nepal Press

चार पूर्वप्रधानन्यायाधीशको ‘सडक इजलास’बारे पनि सर्वोच्चले फैसला दिने

काठमाडौं । संवैधानिक परिषद्ले गरेका नियुक्तिसम्बन्धी सुनुवाइ रोक्न आदेश दिएको न्यायाधीश हरि फुयालको एकल इजलासले चार पूर्वप्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटनविरुद्ध दिएको अभिव्यक्तिबारे पनि व्याख्या गर्ने भएको छ ।

वैधानिक इजलासमा प्रधानन्यायाधीश रहने कि नरहने भन्ने विषयमा राय दिन एमिकस क्यूरी समेत झिकाउने आदेश दिएको इजलासले उक्त विषयमा पनि व्याख्या दिने भएको हो ।

‘निवेदकले अदालतमा विचाराधीन मुद्दामा इजलासबाहिरबाट प्रभाव पार्ने कामका सम्बन्धमा उठाइएका विषयहरू मुलतः यस अदालतमा चलिरहेको मुद्दामा पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरूले सार्वजनिक गर्ने अभिव्यक्ति, बार एशोसिएसनले गर्ने संस्थागत निर्णय तथा इजलासमा बहस गर्न आउने वा बहस गरी सकेका कानून व्यवसायीहरूले सम्बन्धित मुद्दाको निर्णयका सम्बन्धमा गर्ने सार्वजनिक बहसहरूलाई अभिव्यक्तिको स्वतन्त्रता तथा न्यायिक संस्कृतिको परम्परा र विकासका सम्बन्धमा कसरी हेर्ने भन्ने विषयमा पनि हेर्नुपर्ने देखियो,’आदेशमा भनिएको छ।

चारजना पूर्वप्रधानन्यायाधीशहरु अनुपराज शर्मा, कल्याण श्रेष्ठ, मीनबहादुर रायमाझी र सुशीला कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक गरेको संसद विघटनलाई असंवैधानिक भनेका थिए । कतिपयले यसलाई ‘सडक इजलास’ चलाएको भन्दै आलोचना समेत गरेका थिए।

अदालतमा विचाराधीन मुद्दामा पूर्वप्रधानन्यायाधीशले धारणा सार्वजनिक गरेर सुनुवाइ प्रभावित पार्न खोजेको भन्दै उनीहरूविरुद्ध अदालतको अपहेलनाको मुद्दा परेको थियो । त्यसको अन्तिम सुनुवाइ हुन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर