अमिताभ बच्चन, अनुपम खेर, परिणिती चोपडा र बोमन इरानी फिल्म सुटिङलाई नेपाल आउँदै – Nepal Press

अमिताभ बच्चन, अनुपम खेर, परिणिती चोपडा र बोमन इरानी फिल्म सुटिङलाई नेपाल आउँदै

अक्टोबर पहिलो सातादेखि ‘उचाई’ छायांकन नेपालमा हुँदै

काठमाडौं । बलिउड अभिनेताहरु अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी र परिणिती चोपडा फिल्म सुटिङका लागि अक्टोबर पहिलो साता नेपाल आउने भएका छन् । सुरज वर्जत्यले निर्देशन गर्ने फिल्म ‘उचार्ई’ छायांकनका लागि उनीहरु नेपाल आउन लागेको फिल्मको नेपाल व्यवस्थापन हेर्ने कम्पनी थ्री ह्विलर्सले नेपाल प्रेसलाई जानकारी दिएको छ ।

अक्टोबर ५ मा काठमाडौंदेखि सुरु हुने सुटिङ लुक्ला, नाम्चे, लाङटाङ र मनाङमा समेत हुने भएको छ । सुटिङ अनुमतिका लागि नेपाल व्यवस्थापन हेर्ने कम्पनीले संचार मन्त्रालयसँग अनुमति मागेको छ । अमिताभ बच्चन काठमाडौंसम्म आइपुग्ने भएपनि स्वास्थ्यका कारण हिमाली भेगमा सुटिङका लागि जाने वा नजाने निश्चित नभैसकेको कम्पनीका एक सदस्यले जानकारी दिए ।

सुटिङ र यात्रा गरेर फिल्म युनिट एक महीना नेपालमा रहने भएको छ । फिल्म छायांकन नेपालमा हुने जानकारी दुई बलिउड वेबपोर्टल कोइमोइपिंकभिल्लाले पनि दिएका छन् । फिल्ममा नीना गुप्ताको पनि मुख्य भूमिका हुने जनाइएको छ ।

मित्रताको कथा प्रस्तुत गर्ने फिल्मको सम्पूर्ण छायांकन र पोस्टप्रोडक्सन २०२२ जनवरीमा सक्ने लक्ष्य छ । यो फिल्ममार्फत सुरज र अमिताभले पहिलोपटक सहकार्य गर्न लागेका हुन् । अर्को वर्षको मध्यदेखि फिल्मलाई हलमै रिलिज गर्ने तयारीमा सुरज छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर