माओवादीको प्रदेश समिति अझै अपूर्ण, नारायणकाजी भन्दा जनार्दनलाई महत्वपूर्ण जिम्मेवारी (सूचीसहित) – Nepal Press

माओवादीको प्रदेश समिति अझै अपूर्ण, नारायणकाजी भन्दा जनार्दनलाई महत्वपूर्ण जिम्मेवारी (सूचीसहित)

काठमाडौं। अन्यौलपूर्ण रुपमा चलिरहेको नेकपा (माओवादी केन्द्र)ले सांगठनिक संरचनालाई लगभग टुंग्याउँदै नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ।

हालैको केन्द्रीय समिति बैठकको निर्देशन अनुसार बसेको स्थायी समिति बैठकले बाँडफाँट गरेको हो। माओवादी केन्द्रले प्रदेश समितिमा पनि जिम्मेवारी बाँडफाँट गरेको छ तर अझै पूर्णता पाउन बाँकी छ।

माओवादीले सातै प्रदेशका इन्चार्ज र अध्यक्षहरु तोकेको छ तर केही प्रदेशमा सचिवहरु तोक्न बाँकी छ। प्रदेश १ मा राम कार्की ‘पार्थ’ इन्चार्जको जिम्मेवारी पाएका छन् ।

प्रदेश–२ मा गणेश साह, वागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा शक्ति बस्नेत इन्चार्ज र सुदूरपश्चिममा खगराज भट्टले इन्चार्जको भूमिका पाएका छन्।

याे पढ्नुस्
माओवादी जिल्ला इन्चार्जमा पुरानै अनुहारको बाहुल्यता (सूचीसहित)

प्रदेश १, प्रदेश २, वागमती र गण्डकीमा सचिव खाली राखिएको छ । त्यस्तै सुदूरपश्चिममा अध्यक्ष र सचिव पनि खाली छ ।

नारायणकाजी भन्दा जनार्दनलाई महत्वपूर्ण जिम्मेवारी

माओवादीमा नारायणकाजी श्रेष्ठ प्रचण्डपछिका दोस्रो तहका नेता हुन् । तर, जिम्मेवारी पाउने हिसाबले उनी भन्दा जनार्दन शर्मा र वर्षमान पुनले महत्वपूर्ण जिम्मेवारी पाएका छन्।

श्रेष्ठ प्रवक्ताबाट पनि हटेका छन् । अरुले दोहोरो जिम्मेवारी पाउँदा श्रेष्ठले पार्टीमा एउटा मात्रै जिम्मेवारी पाएका छन् । उनले प्रवास समितिको मात्रै जिम्मेवारी पाएका छन् । मिल्दो जुल्दो विदेश मामिला विभाग पनि श्रेष्ठले पाएका छैनन् । त्यो विभाग सुरेन्द्र कार्कीले पाएका छन् ।

पार्टीमा महत्वपूर्ण मानिने संगठन विभागको जिम्मेवारी अर्थमन्त्री समेत रहेका जनार्दन शर्माले पाएका छन् । अर्को महत्वपूर्ण स्कुल विभाग भने प्रचण्ड आफैंले राखेका छन् । वर्षमान पुनले पनि आर्थिक तथा योजना र केन्द्रीय कार्यालय इन्चार्जको भूमिका पाएका छन् ।

सूचीमा हेर्नुहोस् कसले के जिम्मेवारी पाए:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर