कालो ब्याग बोकेर प्रचण्ड बैठकस्थलमा, तस्बिरमा हेर्नुस् माओवादी नेताका हाउभाउ – Nepal Press

कालो ब्याग बोकेर प्रचण्ड बैठकस्थलमा, तस्बिरमा हेर्नुस् माओवादी नेताका हाउभाउ

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा माओवादी केन्द्रको दुई दिवसीय बैठक आज सकिँदैछ । अध्यक्ष प्रचण्डले पेस गरेको राजनीति तथा सांगठानिक प्रस्ताव र विधान मस्यौदा टुंगो लगाएर बैठक सकिने बताइएको छ ।

राजधानीको गौशालास्थित अनुपम फुडल्याण्डमा दोस्रो दिनको बैठकको अध्यक्षता गर्न अध्यक्ष प्रचण्ड निर्धारित समयमै कालो ब्याग बोकेर बैठकस्थलमा प्रवेश गरेका छन् ।

अध्यक्ष प्रचण्डले पेस गरेको राष्ट्रिय सम्मेलनलगायत देशव्यापी चार महिने संगठनात्मक अभियानको प्रस्तावमाथि पनि बैठकमा छलफल हुने बताइएको छ । त्यसबाहेक गठबन्धन सरकार विस्तार र काम कारवाही पनि बैठकको एजेण्डा छ ।

बैठकस्थल प्रवेश गर्दै गर्दाका तस्बिरहरू :











तस्बिरहरू : उमेश कार्की ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर