अफताब आलमको मुद्दा ‘हेर्न नमिल्ने’मा – Nepal Press

अफताब आलमको मुद्दा ‘हेर्न नमिल्ने’मा

काठमाडौं । कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दाको सुनुवाइ आज नहुने भएको छ। न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा रहेको मुद्दा ‘हेर्न नमिल्ने’ हुँदै सुनुवाइ सरेको हो।

इँटा भट्टामा राखेर मजदुरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्न दिएको आदेशविरुद्ध उनी सर्वोच्च गएका थिए।

उनी जिल्ला र उच्च अदालतको फैसलाविरुद्ध २०७७ मंसिरमा सर्वोच्च गएका थिए । यसबीचमा नौपटकसम्म उनको मुद्दा पेसीमा चढिसकेको थियो ।

२०६४ सालको निर्वाचन जित्नका लागि आलमले भारतबाट ‘पेशेवर गुण्डाहरु नेपाल ल्याइ विष्फोटक पदार्थ निर्माण गर्ने क्रममा विष्फोट भएपछि घाइते मजदुरलाई भट्टामा जलाएर हत्या गरेको’ अभियोग छ ।

मृतकका परिवारको जाहेरीपछि तत्कालीन केपी ओली सरकारको पालामा उनीविरुद्धको मुद्दा अघि बढेको थियो । साक्षी र प्रमाणका आधारमा आलममाथिको अभियोग पुष्टि हुने देखिएको भन्दै जिल्ला र उच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थियो।

अहिले आलम सांसद पदबाट निलम्बित छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर