कांग्रेसमा रामचन्द्र आक्रामक- बोलाए आफ्नो समूहको केन्द्रीय समिति बैठक – Nepal Press

कांग्रेसमा रामचन्द्र आक्रामक- बोलाए आफ्नो समूहको केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले आफूनिकट केन्द्रीय पदाधिकारी एवं सदस्यहरूकाे बैठक बाेलाएका छन् ।

महामन्त्री डा. शशांक काेइरालाकाे महाराजगन्जस्थित निवासमा ३ बजेपछि बस्ने बैठकमा महाधिवेशन सुनिश्चितताबारे छलफल हुनेछ ।

पाैडेल पक्षले सभापति शेरबहादुर देउवा महाधिवेशन गर्न अनिच्छुक रहेकाे र विधानविपरीत क्रियाशील सदस्यता बाँडिएको आराेप लगाउँदै आएकाे छ ।

बैठकमा भाेलि बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने धारणाबारे छलफल हुनेछ ।
यसअघि आजै बिहान पौडेलले महाधिवेशन गर्न असफल भन्दै सभापति शेरबहादुर देउवामाथि कटाक्ष गरेका थिए । पौडेलले पटक-पटक असफल भएका व्यक्ति नै सत्तामा पुगेको बताएका छन् ।
निर्धारित मितिमा महाधिवेशन नहुने भएपछि पार्टीको वैधानिकता नै समाप्त हुने अवस्था रहेको भन्दै पौडेल चिन्तित छन् । उनले पछिल्लो बैठकमा भदौ २३ पछि आफू देउवालाई सभापति मान्न बाध्य नहुने चेतावनी समेत दिएका थिए ।

प्रतिक्रिया

One thought on “कांग्रेसमा रामचन्द्र आक्रामक- बोलाए आफ्नो समूहको केन्द्रीय समिति बैठक

  1. बिधान बिप्रित क्रियाशील बाडिएको छ भने नयाँ क्रियाशील हरुलाई अधिबेशन मा सहभागी नगराए भैगो नी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर