मधुकुमार मरासिनीलाई अर्थसचिवको जिम्मेवारी – Nepal Press

मधुकुमार मरासिनीलाई अर्थसचिवको जिम्मेवारी

काठमाडौं । सरकारले अर्थ सचिवको जिम्मेवारी मधुकुमार मरासिनीलाई दिएको छ । मरासिनी यसअघि महालेखा नियन्त्रक कार्यालयमा थिए ।

अर्थसचिव शिशिर कुमार ढुंगानालाई प्रधामन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ ।

मरासिनी अर्थ मन्त्रालयका क्याडर हुन् । उनी वैदेशिक सहायता सम्बन्धी विज्ञ समेत हुन् । सचिव बढुवा हुनुअघि मरासिनी लुम्बिनीमा थिए । उनी लुम्बिनी प्रदेश सरकारको प्रमुख सचिव पनि थिए ।

हालसम्म कुनै पनि विवादमा नपरेका मरासिनीलाई अर्थ मन्त्रालयको सचिवमा ल्याएर मन्त्री जनार्दन शर्मा ढुक्क हुन खोजेको देखिएको छ ।

मरासिनीले आफ्नो करिअरको लामो समय अर्थमन्त्रालयमा नै रहेर काम गरेका छन् । उनले अर्थमन्त्रालयको अन्तर्राष्ट्रिय तथा समन्वय महाशाखाको प्रमुख भएर काम गरेका उनीसँग अमेरिकास्थित विश्व बैंकको नेपाल डेस्क प्रमुखको पनि अनुभव छ ।

सचिवमा बढुवा भएपछि उनी लुम्वनी प्रदेशका मुख्यसचिव भएका थिए । पूर्वसचिव गोपिनाथ मैनालीलाई सरकारले शिक्षा मन्त्रालयमा सरुवा गरेपछी मरासिनीलाई महालेखा नियन्त्रकको जिमेवारी तोकिएको थियो । शुक्रबार बसेको मन्त्रिपरिषदको निर्णयले मरासिनीलगायतका तीन सचिवको जिम्मेवारी हेरफेर गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर