टोकियो ओलम्पिक: अमेरिकन स्वीमर सेलेब ड्रेसलले बनाए ओलम्पिक रेकर्ड – Nepal Press

टोकियो ओलम्पिक: अमेरिकन स्वीमर सेलेब ड्रेसलले बनाए ओलम्पिक रेकर्ड

काठमाडौं । अमेरिकन स्वीमर सेलेब ड्रेसलले १०० मिटर फ्रि-स्टाइलमा ओलम्पिक कीर्तिमान बनाएका छन् ।

उनले निर्धारित दूरी ४७.०२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै टोकियो ओलम्पिकमा दोस्रो स्वर्ण जितेका हुन् । ड्रेसल १०० मिटर फ्रिस्टाइलका विश्व च्याम्पियनसमेत हुन् ।

उनले ४ सय मिटर रिलेमा सोमबार पहिलो स्वर्ण जितेका थिए । ड्रेसल व्यक्तिगत खेलमा सबैभन्दा सफल खेलाडी बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *