बौलाहा कुकुरले टोकेर ६ वर्षीया बालिकाको मृत्यु – Nepal Press

बौलाहा कुकुरले टोकेर ६ वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम । जनकपुरधामको पुलचोकमा बौलाहा कुकुरले टोकेर एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।

मंगलवार साँझ बोलाहा कुकुरले टोकेर दिपक साहकी छोरी सन्ध्या साहको मृत्यु भएको हो । कुकुरले टोकेपछि उपचारका लागि अस्पताल लैजान नपाउँदै उनको मृत्यु भएको स्थानीय रमेश साहले जानकारी दिए ।

शहिदनगर नगरपालिकाको यदुकोहा स्थायी घर भएका दिपक मजदुर हुन् । उनी श्रीमतीसँगै पुल चोकमा कोठा भाडा लिएर बस्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर