देउवालाई भेट्नुअघि माधव नेपालसँग प्रचण्डको वार्ता, सरकारमा सहभागी हुन आग्रह – Nepal Press

देउवालाई भेट्नुअघि माधव नेपालसँग प्रचण्डको वार्ता, सरकारमा सहभागी हुन आग्रह

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई आफ्नो कारण बनेको सत्ता गठबन्धनलाई सघाएर सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

आज विहान नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले एमालेभित्र भइरहेको एकता प्रयासको बारेमा समेत जिज्ञासा राखेका थिए । नेपालले पार्टी एकताको प्रयास जारी रहे पनि केपी ओलीको नियत ठिक नभएको बताएको प्रचण्ड निकट स्रोतले जनाएको छ ।

प्रचण्डले अब मन्त्रिपरिषद विस्तार लामो समय रोकेर राख्न नमिल्ने भन्दै एमालेभित्रको अवस्था टुंगो लगाएर सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ । शनिवार पनि नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर गएका थिए ।

नेपाललाई भेटेलगत्तै प्रचण्डले प्रधानमन्त्री शेरवहादुर देउवासँग भेट गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर