मन्त्रिपरिषद विस्तारबारे गठबन्धनमा छलफल, देउवालाई भेटेर फर्किए प्रचण्ड – Nepal Press

मन्त्रिपरिषद विस्तारबारे गठबन्धनमा छलफल, देउवालाई भेटेर फर्किए प्रचण्ड

काठमाडौं । जसपा आधिकारिकता विवाद सकिए लगत्तै मन्त्रिपरिषद विस्तार लगायतका तत्कालै गर्नुपर्ने निर्णयका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल शुरु भएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यिनै विषयमा छलफल गर्न आज विहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरवहादुर देउवासँग सरकार विस्तारका विषयमा छलफल भएको बताइको छ ।

प्रचण्डसँग छलफल गरे लगत्तै प्रधानमन्त्री देउवा कांग्रेस पदाधिकारी बैठकका लागि बुढानीलकण्ठतर्फ लागेका छन् । पार्टीमा पनि सरकार विस्तारका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।

देउवाले पार्टीमा सल्लाह नगरी मन्त्रीहरु नियुक्त गरेकोमा कांग्रेसभित्र अशन्तुष्टी छ । यसअघि प्रचण्डले गठबन्धनका अन्य नेतासँग पनि छलफल गरेका छन् ।

जसपाको आधिकारिकता उपेन्द्र यादवले पाइसकेपछि अब सरकारमा सहभागी हुने बाटो खुलेको छ । यादवले तत्कालै जसपा सरकारमा जाने बताएका छन् ।

यसअघि गठबन्धनका शीर्ष नेताहरु देउवा र प्रचण्डसहित माधवकुमार नेपाल,उपेन्द्र यादव र चित्रवहादुर केसीबीच पनि छलफल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *