टोकियो ओलम्पिक- ट्युनिसियाका १८ वर्षीय अहमदले जिते स्वर्ण – Nepal Press

टोकियो ओलम्पिक- ट्युनिसियाका १८ वर्षीय अहमदले जिते स्वर्ण

काठमाडौं । ट्युनिसियाका १८ वर्षीय अहमद हफ्नाउलले ४०० मिटर फ्रि-स्टाइलमा स्वर्ण जित्दै विश्वलाई चकित बनाएका छन् । तीन वर्षअघि २०१८ मा अर्जेन्टिनामा भएको युथ ओलम्पिक गेममा आठौं स्थानमा सीमित भएका अहमदले ०.१६ सकेन्डले स्वर्ण पदक जितेका हुन् ।

उनले अस्ट्रेलियन स्वीमर ज्याक म्याकलोघ्लिनलाई पछाडि पार्दै स्वर्ण खोस्दा कास्य अमेरिकी खेलाडी केइरन स्मिथको नाममा रह्यो ।

२०१२ ओलम्पिकपछि ट्युनिसियाका लागि पहिलो स्वर्ण जितेका अहमदले ३ मिनेट ४३.३६ सेकेण्डमा दूरी पूरा गरेका थिए । उनी ट्युनिसियाबाट स्वर्ण पदक जित्ने पाँचौं खेलाडी बनेका छन् ।

अहमदका बुबा मोहमद ट्युनिसियाली राष्ट्रिय बास्केटबल टोलीका सदस्य थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *