टोकियो ओलम्पिकमा आजदेखि नेपालको खेल, सुटिङकी कल्पना र जुडोकी सोनियाले प्रतिस्पर्धा गर्दै – Nepal Press

टोकियो ओलम्पिकमा आजदेखि नेपालको खेल, सुटिङकी कल्पना र जुडोकी सोनियाले प्रतिस्पर्धा गर्दै

काठमाण्डौ । जारी टोकियो ओलम्पिकका प्रतिस्पर्धामा आजदेखि नेपाल पनि सहभागी हुँदैछ । आजको सुटिङ खेलमा कल्पना परियारले १०० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्दैछिन् । त्यस्तै जुडोकी सोनिया भट्टले ४८ केजीमुनिको तौल समूहमा खेल्दैछिन् ।

जापानको राजधानी टोकियोमा शुक्राबार ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको औपचारिकरुपमा सुरु भएको हो । उद्घाटन समारोहमा नेपालका तर्फबाट गौरिका सिंहले मार्च पासको नेतृत्व गरेकी थिइन् ।

३२ औं संस्करणको ओलम्पिक प्रतियोगिताका केही खेलहरु दुई दिनअघि नै सुरु भएका थिए । सन् २०२० मा नै सम्पन्न हुनुपर्ने ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि सरेको थियो ।

यस ओलम्पिकमा नेपालबाट ५ खेलाडीले भाग लिएका छन् । पौडीकी गौरिका सिंह र एलेक्स शाह, एथ्लेटिक्सकी सरस्वती चौधरी, जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियारले नेपालको प्रतिनिधित्व गरेका हुन् । नेपालको टोली भने २६ जनाको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर