कम्युनिष्ट सरकारमा हुँदा पनि राष्ट्रियतामा सौदाबाजी भयो : चित्रबहादुर केसी – Nepal Press

कम्युनिष्ट सरकारमा हुँदा पनि राष्ट्रियतामा सौदाबाजी भयो : चित्रबहादुर केसी

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कम्युनिष्ट सरकारमा हुँदा पनि युवा विदेशीनु परेको र राष्ट्रियतामा सौदाबाजी भएको टिप्पणी गरेका छन् ।

पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केसीले कम्युनिष्ट र गैरकम्युनिष्टबीच भिन्नता छुट्याउन गाह्रो भएको बताए।

‘कम्युनिष्ट पार्टीमा सांस्कृतिक रुपमान्तरण जरुरी छ,’ उनले भने, ‘कम्युनिष्ट सत्तामा हुँदा पनि युवा विदेशीनु पर्ने । राष्ट्रिय स्वाधिनतामा सौदाबाजी हुने । अनि कम्युनिष्ट र गैर कम्युनिष्ट भनेर कसरी छुट्याउने ?’

कम्युनिष्ट आन्दोलनमा विश्वव्यापी रुपमा संकट आइरहेको भन्दै उनले त्यसमा निजी सम्पती जोड्ने विषय पनि एक भएको बताए । केसीले भने, ‘कम्युनिष्ट भनिरहने अनि व्यक्तिगत सम्पति कमाइरहने ? यो विश्वव्यापी संकट हो ।’

एमाले भित्रको एक पक्षले संघर्ष गर्दा संविधान जोगिएको केसीको भनाइ छ । ‘एमाले भित्रका साथीहरुले संघर्षको झण्डा उठाउनु भयो, संविधान जोगाउनु भयो,’ उनले भने, ‘सबैको संयुक्त आवाजले प्रतिगमनले घुँडा टेक्यो ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *