सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भेटे प्रधानमन्त्री, कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन माग – Nepal Press

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भेटे प्रधानमन्त्री, कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन माग

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बिहान मुख्यमन्त्री भट्टले प्रधानमन्त्री देउवालाई भेटेका हुन्। मुख्यमन्त्री भट्टले प्रधानमन्त्री देउवालाई सुदूरपश्चिम प्रदेशमा कोरोनाको जोखिम नियन्त्रणका लागि खोप उपलब्ध गराइदिन आग्रह गरेका छन् ।

प्रदेशको समग्र विकासको बारेमा पनि भेटका क्रममा छलफल भएको मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिव सिंह ओलीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर