क्रियाशील सदस्यतामा धाँधली भएको छ: डा.कोइराला – Nepal Press

क्रियाशील सदस्यतामा धाँधली भएको छ: डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सभापतिका प्रत्याशी डा.शेखर कोइरालाले विधान विपरीत बाडिएका क्रियाशील सदस्यता कुनैपनि हालतमा स्वीकार नहुने बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा क्रियाशील सदस्यताको विषयमा अनसनरत नेता कार्यकर्ताको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै कोइरालाले पार्टी कब्जा गर्ने उद्देश्यसाथ क्रियाशीलमा धाँधली गरिएको आरोप लगाए ।

‘क्रियाशील सदस्यतामा मनोमानी भएको छ । यो आन्दोलनमा मेरो समर्थन छ । विधानविपरीत बाडिएका सदस्यता कुनै हालतमा स्वीकार्ने छैनौ’, कोइरालाले भने ।

कोइरालाले धनुषा, सर्लाही र बाराका कांग्रेस कार्यकर्ताहरुको अनसनमा समर्थन जनाउँदै कार्यकर्तामाथि हुने अन्याय सहन नसकिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर