बागलुङमा लोकल रक्सी खाएर सुतेका ४ मजदुरको मृत्यु, २ गम्भीर घाइते – Nepal Press

बागलुङमा लोकल रक्सी खाएर सुतेका ४ मजदुरको मृत्यु, २ गम्भीर घाइते

बागलुङ। बागलुङको गलकोटमा घरेलु मदिरा सेवन गरेका चार जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका वडा नम्बर ७ गैराखर्कमा ‘लाेकल रक्सी’ पिएर सुतेका ६ मध्ये ४ जना मजदुरको सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रोल्पाको सुनील स्मृति गाउँपालिका–५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही ठाउँका ३९ वर्षीय दुध बहादुर राना, ५१ वर्षीय रेख बहादुर राना र ३० वर्षीय प्रबिन घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हजारीले बताए ।

उनीहरुले गलकोट बृहत खानेपानी आयोजनामा काम गर्दै आएका थिए । त्यस्तै रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नम्बर ५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र सोही ठाउँका २६ वर्षीय रबिन्द्र पुनको अवस्था गम्भीर रहेको हवारीको भनाई छ ।

गैराखर्कमा मजदुरी गर्दै आएका ६ जनाले मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि धौलागिरी अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको र दुई जनाको उपचार भइ रहेको बताइएको छ । दुई जनाको धौलागिरी अस्पतालमा उपचार भइरहेको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।

दुवैको गम्भीर किड्नीमा असर गरेको देखिएकाले डायलासिस चलिरहेको उनले जानकारी दिए । होटल संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *