प्रदीप ज्ञवालीको टिप्पणी- उहिले देउवालाई श्री ५ ले नियुक्त गरे, अहिले श्रीमान् ५ ले – Nepal Press

प्रदीप ज्ञवालीको टिप्पणी- उहिले देउवालाई श्री ५ ले नियुक्त गरे, अहिले श्रीमान् ५ ले

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवालई श्री पाँच (राजा) ले न्याय दिएको र अहिले श्रीमान् ५ (पाँच न्यायाधीश) ले न्याय दिएर प्रधानमन्त्री बनेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रयोजनसम्बन्धी छलफलमा नेकपा (एमाले) को प्रतिनिधित्व गर्दै ज्ञवालीले देउवा तीन-तीन पटक नेपाली कांग्रेसभित्रको विभाजनको शिकार भएको स्मरण गरे ।

‘तीन-तीन चोटी दलीय विभाजनको शिकार भएका देउवा आज धारा ५ को अपव्याख्याको सहारा लिएर प्रधानमन्त्री बन्दै हुनुहुन्छ,’ उनले भने, ‘इतिहास दुई चोटी दोहोरिन्छ भनिन्छ । उहाँ आफैं दलीय विजभानको शिकार हुनुहुन्थ्यो ।’

उनले गृहमन्त्री हुँदा र दुई पटक प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसभित्रको विभाजनको शिकार भएको भन्दै देउवा अरुको पार्टी विभाजन गरेर प्रधानमन्त्री बन्न लागेको आरोप लगाए ।

ज्ञवालीले दलीय प्रणाली कमजोर हुने दावी गरे । ‘आज एमालेलाई अप्ठ्यारो होला,’ उनले भने, ‘एकछिनलाई जित-हार होला । हामी त्यसमा पनि चिन्तित छैनौं । तर, दलीय प्रणाली कमजोर भयो भने हामी कसैलाई फाइदा हुँदैन ।’

संविधानको अनौठो व्याख्या भएको भन्दै ज्ञवालीले भने, ‘संविधानको अजिव व्याख्या भयो । हामी त्यसप्रति चिन्तित छौं । सर्वोच्चको आदेशले प्रतिनिधिसभाका हरेक सांसदलाई ह्वीप नलाग्ने भयो । यसले राजनीतिक विभाजन ल्याउँछ ।’


प्रतिक्रिया

One thought on “प्रदीप ज्ञवालीको टिप्पणी- उहिले देउवालाई श्री ५ ले नियुक्त गरे, अहिले श्रीमान् ५ ले

  1. अलिकती असहज लाग्दैन भने नी
    देउवाले मागेर खोसेर/गलहत्त्याएर वा विश्वास को मत गुमाएर पनि टाँसिएका होईनन ।
    यो देशको माग थियो भन्ने कुरा स्विकार गर्न गाह्रो भएपनि मुटुमाथी ढुङ्गा राख्नै अपर्‍यो ।देशले मागे पछी ९३ वर्ष को उमेर मा महाथिर पनि प्रम भएका थिए
    समय को माग हो ।गरिखान न सके पछी श्री ५ र श्रीमान ५सम्झिने बिकल्प खुल्लै छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर