देउवा सरकारसँग मिलेर एनआरएनले काम गर्ने, सातै प्रदेशमा अक्सिजन प्लान्ट जडान तयारी – Nepal Press

देउवा सरकारसँग मिलेर एनआरएनले काम गर्ने, सातै प्रदेशमा अक्सिजन प्लान्ट जडान तयारी

काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए)ले शेरबहादुर देउवा नेतृत्वको सरकारसँग सहकार्य गरेर अघि बढ्ने बताएको छ ।

अध्यक्ष कुमार पन्तले शनिबार विज्ञप्ति जारी गर्दैै नवनियुक्त प्रधानमन्त्री देउवालाई सफल कार्यकालको शुभकामना दिएका छन् । देउवाको कार्यकालमा संघ र सरकारबीचको सम्बन्ध प्रगाढ हुने आशा लिइएको छ ।

महामारीविरुद्ध विभिन्न जिल्लाका अस्पताललाई ५५३ थान अक्सिजन कन्सनट्रेटर प्रदान गरिएको जानकारी दिँदै संघले सातैवटा प्रदेशमा अक्सिजन प्लान्ट जडान गर्ने योजना रहेको पनि जनाएको छ ।

मुलुकलाई समृद्धिको दिशातर्फ अगाडि बढाउन देउवाको कार्यकाल सफल हुने आशा पनि एनआरएनले लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर