दर्ता खारेजीको निवदेनमा प्रगति बुझ्न पूर्वमाओवादी नेताहरू निर्वाचन आयोगमा – Nepal Press

दर्ता खारेजीको निवदेनमा प्रगति बुझ्न पूर्वमाओवादी नेताहरू निर्वाचन आयोगमा

काठमाडौं । माओवादी केन्द्रको दल दर्ता खारेजी माग गरेका एमालेका पूर्वमाओवादी नेताहरू निवेदनमा भइरहेको प्रगति बुझ्न निर्वाचन आयोग पुगेका छन् ।

टोपबहादुर रायमाझीको नेतृत्वमा प्रभु साह, मणि थापा र गौरीशंकर चौधरीलगायत नेताहरू ११ बजे निर्वाचन आयोग पुगेका हुन् । लेखराज भट्ट भने बिरामी भएका कारण नगएको बताइएको छ ।

अधिवक्ता सरोज बुढाथोकीमार्फत बुधबार उनीहरूले माओवादी केन्द्रको दल दर्ता खारेजीको निवेदन आयोगमा दर्ता गराएका थिए ।

आयोगमा भइरहेको निवेदनमाथिको कारवाही बुझ्न आफूहरू गएको नेता लिलबहादुर थापाले जानकारी दिए।

लामो समयसम्म महाधिवेशन नगराएकाले माओवादी केन्द्र अवैध भएको र उक्त पार्टीले आफूहरुमाथि गरेको कारवाही पनि अवैध हुने तर्क उनीहरूको छ।

एमालेमा प्रवेश गरेसँगै माओवादीबाट कारवाही उनीहरूको सांसद पद खारेज भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर