भीमदत्त राजमार्गमा पहिरो खस्दा सुदूरपश्चिमका सात जिल्लाको यातायात ठप्प – Nepal Press

भीमदत्त राजमार्गमा पहिरो खस्दा सुदूरपश्चिमका सात जिल्लाको यातायात ठप्प

पहिराे खस्दा सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो । राजमार्गअन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ शाहुखर्कमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको स्थानीयवासीले जनाएका छन् ।

राजमार्ग सञ्चालन गर्न बिहानैदेखि डोजर प्रयोग गरिएका छन । ठूला ठूला ढुङ्गासहित राजमार्गमा पहिरो खसेकाले सञ्चालन हुन अझै समय लाग्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रुसँगै मालबाहक सवारीहरु शाहुखर्क वरपर रोकिएको प्रहरीले जनाएको छ ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर