निषेधाज्ञा खुकुलो भएसँगै फिल्म ‘तिम्रो मेरो साथ’को डबिङ सुरु : साम्राज्ञी र पुष्प डबिङमा व्यस्त – Nepal Press

निषेधाज्ञा खुकुलो भएसँगै फिल्म ‘तिम्रो मेरो साथ’को डबिङ सुरु : साम्राज्ञी र पुष्प डबिङमा व्यस्त

काठमाडौं । निषेधाज्ञा खुकुलो भएपछि फिल्मका गतिविधि हुन थालेका छन् । सामाजिक दूरीका नियम पालना गर्दै फिल्मकर्मीले काम अघि बढाएका छन् । जस्तो, फिल्म तिम्रो मेरो साथले राजधानीमा डबिङ सुरुआत गरेको छ । रेड स्टुडियोमा अहिले कलाकारद्धय साम्राज्ञी शाह र पुष्प खड्का स्वरांकन गर्दैछन् ।

रमेश एम के पौडेलको निर्माण तथा निर्देशन रहेको यो फिल्मका लेखक तथा कार्यकारी निर्मातामा सवीर श्रेष्ठ छन् भने छायांकार शिव ढकाल र नृत्य निर्देशक रामजी लामिछाने हुन ।

यो फिल्म नेपालभन्दा पहिले अमेरिका, अष्ट्रेलिया र बेलायत लगायतका देशहरूबाट प्रदर्शनमा आउने छ भने महामारी सामान्य भएको अवस्थामा नेपालमा दशैँ र तिहारको बीचको समयमा रिलिज गरिने जानकारी दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर