चालू आर्थिक वर्षको १० महिनामा सरकारी खर्च ८.५ प्रतिशतले बढ्यो – Nepal Press

चालू आर्थिक वर्षको १० महिनामा सरकारी खर्च ८.५ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा सरकारी खर्च ८.५ प्रतिशतले बढेको अर्थ मन्त्रालयले दावी गरेको छ । बैशाख महिनासम्मको सरकारी आय व्यय सहितको अर्थ वुलेटिन प्रकाशित गर्दै अर्थमन्त्रालले सो कुरा जानकारी दिइएको हो ।

बैशाख महिनासम्म संघीय सरकारले जम्मा ८ खर्ब २४ अर्ब रुपैयाँ खर्च गरको छ । जसमध्ये चालुतर्फ ६ खर्ब ३० अर्ब अर्थात ७६.४ प्रतिशत , पूँजीगत खर्च १ खर्ब २५ अर्ब अर्थात १५.३ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ६८ अर्ब ७२ करोड रुपैयाँ अर्थात ८.३ प्रतिशत खर्च भएको छ ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष चालु खर्च १०.२ प्रतिशत, पूँजीगत खर्च १०.३ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ७.४ प्रतिशत बढी खर्च भएको अर्थमन्त्रालयले जनाएको छ ।

त्यस्तै राजस्व परिचालन तर्फ बैशाख महिनासम्म कुल ७ खर्ब ६१ अर्ब राजस्व संकलन भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा २५.४ प्रतिशत बढी हो । कुल राजस्व मध्ये कर राजस्व ७ खर्ब ९ अर्ब र गैह्रकर राजस्व ५१ अर्ब ३८ करोड रुपैयाँ संकलन भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर