५२.४१ अंकले घट्यो नेप्से, अधिकांश फाइनान्स र हाइड्रोपावर कम्पनीमा नकारात्मक सर्किट – Nepal Press

५२.४१ अंकले घट्यो नेप्से, अधिकांश फाइनान्स र हाइड्रोपावर कम्पनीमा नकारात्मक सर्किट

काठमाडौं । नेप्से परिसूचक आज ५२.४१ अंकले घटेका छ । ५१ कम्पनी जोखिमस्तरमा रहेको आशयसहितको हिजोको धितोपत्र बोर्डको विज्ञप्तिको असर आजको सेयर बजारमा परेको छ ।

आज ७६ अंकसम्मको गिरावट आएर अन्त्यमा २९६९.७० विन्दुमा कारोबार बन्द भयो । आजको बजारमा हाइड्रोपावर तथा फाइनान्स कम्पनीको सेयर मूल्यमा बढी प्रभाव परेको छ । चलखेल गरेर अस्वाभाविक मूल्य बढाएको भन्दै बोर्डले सूचीकृत गरेका कम्पनीमध्ये अधिकांश फाइनान्स र हाइड्रोपावर नै छन् ।

गुराँस फाइनान्स लिमिटेड, जोशी हाइड्रोपावर, नेपाल फाइनान्स लिमिटेड, नेश्नल हाइड्रोपावर कम्पनीलगायत १३ अन्य कम्पनीमा नकारात्मक सर्किट लाग्यो । फाइनान्स समूहका लगानीकर्ताले ६.८ प्रतिशतले गुमाएका छन् ।

आज सीइडीबी हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्यो । सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको ६० करोड बराबरको कारोबार भयो । माइक्रोफाइनान्सबाहेकका उपसूचक सबै रातो भएका छन् ।

आज २ करोड ८२ लाख ८९ हजार १२८ कित्ता सेयर किनबेचमा १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३१९ रूपैयाँ कारोबार भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर