झिनो अंकले घट्यो नेप्से, कारोबार रकम उत्साहजनक – Nepal Press

झिनो अंकले घट्यो नेप्से, कारोबार रकम उत्साहजनक

काठमाडौं । आज नेप्से परिसूचक ३.७२ अंकले घट्दै ३०२२.११ विन्दुमा कारोबार रोकिएको छ । आज छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै करिब १० प्रतिशतले घटेको छ ।

सीइडीबी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी ९.८८ प्रतिशतले बढ्यो । नेपाल पुनर्बीमा कम्पनीको सेयर ७६ करोड बराबरको कारोबार भयो भने हाइड्रोइलेक्ट्रिक डेभलपमेन्ट कम्पनीको कारोबार ५२ करोड बराबरको भएको छ ।

आज ३ करोड ९ लाख ४८ हजार ८५३ कित्ताको सेयर किनबेचमा १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७३९ रुपैयाँको कारोबार भयो । आज होटल तथा टुरिजम, उत्पादन, अन्य, म्यूचलफण्ड र लगानी समूहबाहेक समूहको उपसूचक रातो भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर