खोप वितरणमा अनियमितता गर्नेलाई छानविनको दायरामा ल्याइनेछ : स्वास्थ्य मन्त्रालय – Nepal Press

खोप वितरणमा अनियमितता गर्नेलाई छानविनको दायरामा ल्याइनेछ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोभिड-१९ विरुद्धको खोप वितरणमा अनियमितता भएको पाइएमा कारवाही हुने बताएको छ । आज आइतबार नियमित प्रेस बिफ्रिङमा मन्त्रालयका प्रमुख डा. झलक गौतमले उक्त कुरा बताए ।

उनले भने, ‘चिनजान, दबाबको भरमा खोपको मापदण्ड तोडेर खोपको ‘मिसयुज’ गर्नेलाई सरकारले छानिबिनको प्रक्रियामा अगाडी बढाइने छ ।’

पछिल्लो समय ६२, ६३ र ६४ वर्ष उमेरकालाई खोप लगाइएपछि खोप अभियान स्थगित भएको थियो । पहिलो मात्रा दिने अभियानमा अनियमितता भएको र लक्षित समूहभन्दा बाहिरका व्यक्तिले खोप लिएको भन्ने कुरा उठेपछि सरकारले कारवाही गर्ने बताएको हो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर