बेल्जियमका लागि १५ प्रतिस्पर्धात्मक खेलमा लुकाकुको १९ गोल – Nepal Press

बेल्जियमका लागि १५ प्रतिस्पर्धात्मक खेलमा लुकाकुको १९ गोल

काठमाडौं । रोमेलु लुकाकुले बेल्जियमक लागि खेलेका पछिल्ला १५ प्रतिस्पर्धात्मक खेलमा १९ गोल गरेका छन् । युरो २०२० को समूह ‘बी’ अन्तर्गत अहिले जारी खेलमा रुसविरुद्ध १०औं मिनेटमा गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका लुकाकुले पछिल्ला १५ खेलमा १९ गोल पूरा गरेका हुन् ।

इन्टर मिलानबाट व्यावसायिक फुटबल खेल्दै आएका लुकाकुले २०१० मा बेल्जियमको राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । उनले हालसम्म बेल्जियमका लागि ९३ खेलमा ६० गोल गरेका छन् ।

उनकै गोलमा रुसविरुद्ध सेन्ट पिटर्सबर्ग रंगशालामा अग्रता लिएको बेल्जियम थोमस म्युनिएरले ३४ औं मिनेटमा गरेको गोलसँगै पहिलो हाफमा २-० ले अगाडि छ ।

खेलको सुरुआतदेखि नै रुसको रक्षापंक्तिमाथि हाबी बनेको बेल्जियमले ७ प्रहार गरेको छ भने ६८% भन्दा धेरै बल पोसेसन कब्जा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर