नागरिकता अध्यादेश रोक्ने सर्वोच्चको आदेश गलत : महन्थ – Nepal Press

नागरिकता अध्यादेश रोक्ने सर्वोच्चको आदेश गलत : महन्थ

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकता सम्बन्धी अध्यादेशलाई रोक्दा नागरिकता सम्बन्धी समस्या भयावह हुने बताएका छन् ।

नागरिकतासम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले गरेको अन्तरिम आदेशबारे उनले सो टिप्पणी गरेका हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त मन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले अध्यादेश पनि कानून नै भएकाले सर्वोच्च अदालतले रोक्नु गलत भएको बताए ।

‘३ वर्षदेखि नागरिकता सम्बन्धी विधेयक संसदमा अड्किएको थियो । संसदले नागरिकतासम्बन्धी विषयमा निर्णय नै गर्न सकेन’, ठाकुरले भने, ‘ नागरिकताको अभावमा नागरिकहरू रोजगार, शिक्षा, व्यापार व्यवसायका लागि र विदेश जान समस्या भएको भन्दै राज्यको सेवा सुविधाबाट वञ्चित हुनुपरेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर