कैलालीमा एक युवकले गरे आफ्नै साथीको हत्या – Nepal Press

कैलालीमा एक युवकले गरे आफ्नै साथीको हत्या

कैलाली । कैलालीमा एक युवकले आफ्नै साथीको हत्या गरेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका २ मोतीपुरमा ३६ वर्षका विशाल बुढाथोकीको आक्रमणबाट उनकै साथी सोम बहादुर बस्नेतको मृत्यु भएको हो । उनीहरु लामो समयदेखि सँगै बस्दै आएका थिए । आइतबार राति आफ्नै कोठामा मदिरा सेवन गरेर विवाद हुँदा बुढाथोकीले बस्नेतलाई घर बनाउँन प्रयोग हुने धारिलो फलामको कर्नीले हिर्काएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सोमबार बिहान बस्नेतको मृत्यु भएको बुढाथोकीले थाहा पाएका थिए । त्यसपछि उनी फरार भए । प्रहरीले पनि घटनाबारे सोमबार मात्रै थाहा पाएको थियो । प्रहरीले घटनाबारे थाहा पाउँदासम्म बस्नेतको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतिक बिष्टले जानकारी दिए ।

उनले भने, ‘दुबै जना मदिरा खाएका थिए । त्यहि बेला धारिलो कर्नीले हान्दा हत्या भएको देखिएको छ’ उनले भने ‘समयमा उपचार नहुँदा धेरै रगत बगेर मृत्यु भएको हो ।’ उनका अनुसार घटनापछि फरार रहेका बस्नेतलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले विरेन्द्र सामुदायिक बनमा लुकेर बसेको अवस्थामा मंगलबार पक्राउ पक्राउ गरेको डीएसपी बिष्टले जानकारी दिए । घटनास्थलबाट कर्नीसमेत बरामद गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको थियो । उनीहरु दुबै मजदुर रहेको खुलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर