न्यायाधीश खतिवडाले भने- जसरी बहस भइरहेको छ, हामीलाई कम्फर्टेबल भएन – Nepal Press
संवैधानिक इजलास

न्यायाधीश खतिवडाले भने- जसरी बहस भइरहेको छ, हामीलाई कम्फर्टेबल भएन

काठमाडौं । संवैधानिक इजलासमा सरकार पक्षका वकिलले चिया ब्रेकपछि पनि बोल्न खोज्दा न्यायाधीशले रोकेका छन् ।

इजलास पुन: शुरू भएलगत्तै अधिवक्ता बाबुराम दाहाल र सुरेन्द्र भण्डारी बोल्न खोज्दा न्यायाधीश ईश्वर खतिवडाले रोकका हुन् । खतिवडाले भने, ‘यो मुद्दामा जे भइरहेको छ, त्यसले हामीलाई कम्फर्ट भइरहेको छैन । इजलासको विषयमा सरकार पक्षबाट जति सुन्नु पर्ने हो सुनिसक्यौं । अब आवश्यक छैन ।

न्यायाधीशले रोकेपछि अब विपक्षी गठबन्धनको मुख्य मुद्दाका निवेदकको तर्फबाट बद्रीवहादुर कार्कीले बोलिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर